Logo

अर्थ

सांग्रिला डेभलपमेन्ट बैंकको ९.९९ प्रतिशत व्याजदरमा घर कर्जा योजना



सांग्रिला डेभलपमेन्ट बैंकले आफ्नो ग्राहक महानुभावहरुको सुबिधालाई ध्यानमा राखी सांग्रिला घर कर्जा योजना सार्वजनिक गरेको छ । यस योजनामा ९.९९ प्रतिशत व्याजदरमा सांग्रिला घर कर्जा ल्याएको छ ।

यस घर कर्जा योजना अन्र्तगत ग्राहकहरुले आफनो आवश्यकता अनुुुसार नया आवासीय जग्गा खरिद, आवासीय घर निर्माण तथा अपार्टमेण्ट खरिदका लागि कर्र्जा लिन सक्नेछन् । यस कर्जा अन्र्तगत ग्राहकलाई ५० हजार रुपैयाँको कोरोना बीमा तथा ५ लाख रुपैयाँसम्मको दुर्घटना बीमा समावेश गरिएको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ९१ शाखा कार्यालयहरु, ३० एटिएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

प्रकाशित मिति : १३ श्रावण २०७७, मंगलवार ११:३२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।