Logo

अर्थ

एनआईसीले गर्यो गेटवे सेवा सुचारु



एनआईसी एशिया बैंकले कार्डमा आधारित अनलाईन भुक्तानी गेटवे सुचारु गरेको छ । बैंकले अन्तर्राष्ट्रिय गेटवे प्रदायक कम्पनी साइबर सोर्स इंकको गेटवे प्रणाली नेपालमा भित्र्याएको हो । बैंकका अनुसार इच्छुक मर्चेन्टहरूका लागि जुनसुकै राष्ट्रिय तथा अन्तर्राट्रिय बैंकबाट प्रदान गरिएको कार्डहरूमार्फत भुक्तानी प्राप्त गर्न सक्ने सकिने छ ।

बैंकले अमेरिकाको बहुराष्ट्रिय कार्ड कम्पनी भिसाको प्रमुख लगानी रहेको इंकको गेटवे प्रणाली नेपालमै पहिलोपटक ल्याएको हो। अमेरिका, चीन, भारत लगायत एशिया, युरोप र अफ्रिकाका विभिन्न देशहरूमा प्रयोग भइरसकेको भएपनि नेपालमा भने अहिलेसम्म आएको थिएन ।

सेवा अन्र्तगत रहेर ठूलो संख्यामा रहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्ड प्रयोगकर्ताहरूसँग देशमा रहेका विभिन्न मर्चेन्टहरूले व्यवसायिक सम्बन्ध कायम गरी सोझै आफ्नो एनआईसी एशिया बैंक खातामा भुक्तानी प्राप्त गर्न सक्नेछन्। विशेषगरि अनलाइन प्लेटफर्ममा आधारित हवाई उड्डयन, युटिलिटी सेवा प्रदायक, भुक्तानी सेवा प्रदायक, पर्यटन व्यवसायी, एडभेन्चर तथा मनोरञ्जन, हस्तकला लगायतका व्यवसायीहरूलाई भुक्तानी प्रणालीमा नयाँ आयाम थप्ने विश्वास रहेको बैंकले जनाएको छ ।

प्रकाशित मिति : १ भाद्र २०७७, सोमबार ११:२०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।