बैकहरुले हालचालै गत वर्षको वित्तीय विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक वित्तीय विवरण अनुसार सबैभन्दा बढी नाफा आर्जन गर्ने बैंकमा राष्ट्रिय बाणिज्य बैंक रहेको छ । त्यसैगरि नाफा कमाउनेमा बाणिज्य बैंकपछि नबिल बैंक, कृषि विकास बैंक क्रमशः अब्बल रहेका छन्। नाफामा अब्बल भएतापनि बैंकहरुको नाफा भने घटेको छ । अघिल्लो बर्ष ६१ अर्ब ८४ करोड रुपैयाँ नाफा कमाउन सफल सबै बैंकहरुले अहिले भने कुल ५४ अर्ब ३० करोड रुपैयाँ नाफा कमाएका छन्।
नाफा आर्जनमा अग्र स्थानमा रहेको राष्ट्रिय बाणिज्य बैंकको नाफा करिव ४ अर्ब ४५ करोड रहेको छ। दोस्रोमा नविलको ३ अर्ब ५६ करोड र तेस्रोमा कृषि विकास बैंकको नाफा ३ अर्ब ४६ करोड रहेको छ भने चौथोमा रहेको एनआईसी एशियाले ३ अर्ब १२ करोड नाफा कमाएको छ । भने पाँचौमा ग्लोबल आईएमई बैंकले ३ अर्ब ८ करोड कमाएको छ।
ग्लोवल आइएमई बैंक जनतासँग गाभिएका आधारबाट हेर्दा २ वटा वाणिज्य बैंकको नाफा हुन आउँछ । ३ अर्ब बढी नाफा कमाउने बैंकहरु राष्ट्रि वाणिज्य बैंक, नबिल, कृषि विकास, एनआईसी एशिया र ग्लोबल बैंक गरि ५ वटा रहेका छन् ।
अन्य सातवटा बैंकहरुले २ अर्ब बढी नाफा कमाएका छन्। नेपाल इन्भेष्टमेन्ट बैंक, नेपाल बैंक, हिमालयन बैंक, एभरेष्ट बैंक, प्राइम कमर्शीयल बैंक, एनएमबी बैंक र सिद्धार्थ बैंकको नाफा २ अर्ब माथि छ। सिभल बैंकको नाफा सबैभन्दा कम देखिएको छ भने सेन्चुरी बैंकको नाफा पनि १ अर्ब भन्दा कम छ। बैंकहरुको उठ्नुपर्ने व्याज रकम नउठ्दा नाफामा धक्का लागेको छ।
लकडाउनका कारण व्याज उठ्न नसकेपनि निक्षेप संकलन भने राम्रै देखिएको छ । वितरणयोग्य नाफामा भने गत आवको भन्दा करिब ४१ प्रतिशत कमी आएको छ । प्राइम कमर्शीयल र एनएमबी बैंकको भने वितरण योग्य नाफा घटेको छैन। अरु सबै बैंकहरुको वितरणयोग्य नाफा घटेको छ।
कोभिड—१९ को प्रभाव बैंकको नाफामा पर्न गएको छ । जसले गर्दा अधिकाँस बैंकहरुको नाफामा गिरावट आएको छ।
कोरोनाका कारण व्याज उठ्न नसक्दा बैंकहरुको नाफामा गिरावट आएको हो । सबै बैंकहरुको विवरणलाई औषत आधार मान्ने हो भने गत बर्षको भन्दा यो बर्षको नाफामा १२ प्रतिशत कमी आएको छ। अहिले केही बैंकहरुको मात्रै नाफा सकरात्मक देखिएको छ ।





















प्रतिक्रिया