साताको दोस्रो दिन सेयर बजारमा दोहोरो अंकले वृद्धि भएको छ। सोमबार नेप्से परिसुचक १० दशमलव ७५ अंक अर्थात ० दशमलव ७७ प्रतिशतले वृद्धि भई १ हजार ४ सय २ दशमलव २१ बिन्दुमा रोकिएको छ ।
दिनभर कारोबारमा आएका १ सय ८४ कम्पनीको ३५ लाख ९१ हजार ४८ कित्ता शेयर खरिद विक्री हुदाँ १ अर्ब ७ करोड ४९ लाख ३२ हजार ५ सय ९७ रुपैयाँ बराबरको कारोबार भएको छ।
बजारमा आएका १२ वटा उपसमुहमा हाईड्रोपावर बाहेकका सबै समुहको उपसूचक बढेर बन्द भएको छ।
कोरोबारमा बैंकिङ ६ दशमललव ५९, होटल १४ दशमलव १६, विकास बैंक ९ दशमलव ९४, निर्जीबन बीमा १६२ दशमलव १३, उत्पादन तथा प्रशोधन १५ दशमलव ८२, जीवन बीमा १०६ दशमलव २३ र माइक्रोफाइनान्स समूहको उपसूचक ७ दशमलव ६३ अंकले बढेको छ।
कारोबार रकमको आधारमा नेपाल बैंक अग्रस्थानमा रहेको छ । नेपाल बैंकको ७ करोड ८० लाख ४२ हजार ६४२ रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै दोस्रो र तेस्रो स्थानमा नेपाल पुनर्बीमा कम्पनी र नेको इन्स्यारेन्स रहेका छन् ।





















प्रतिक्रिया