Logo

अर्थ

साताको दोस्रो कारोबार दिन बजारमा सामान्य सुधार



सोमबार सेयर बजारमा सामान्य सुधार आएको छ। कारोबारको सुरुमा केही समय सेयर बजारमा सुधार आएपनि केही समयमा नै बजारमा गिरावट सुरु भएको थियो ।

दिनभरको उतार चढावका बीच भएको कारोबारमा अन्तिम समयमा भने बजारमा सामान्य सुधार आएको हो। बजार मापन गर्ने सूचक ५.६८ अंकले बढेर १४०७.८९ बिन्दुमा रोकिएको छ । १८९ कम्पनीको ४१ लाख १४ हजार ५१२ कित्ता सेयर १ अर्ब २३ करोड ९० लाख १७ हजार ४२्र६ रुपैयाँको सेयर किनबेच भएको छ।

कारोबारमा बैंकिङ समूहको उपसूचक ०.४७ अंकले घटेको छ भने निर्जीबन बीमा कम्पनी ५०.८६, टे«डिङ १०.५६, उत्पादन तथा प्रशोधन ४४.४, अन्य १३.४७, माइक्रोफाइनान्स १७.४२, जीवन बीमा समूहको उपसूचक ५४.०६ अंकले बढेको छ ।

कारोबार रकमको आधारमा नागरिक लगानी कोष अग्रस्थानमा रहेको छ । कोषको १६ करोड ६० लाख ८५ हजार ९५९ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा नेपाल लाइफ इन्स्योरेन्स र नेको इन्स्योरेन्स रहेका छन् ।
सोमबार ठुला कम्पनीको कारोबार हेर्ने सेन्सेटिभमा भने गिरावट आएको छ। सेन्सेटिभ आज ०.२३ अंकले घटेर २८९.७७ को बिन्दुमा पुगेको छ ।

प्रकाशित मिति : २ भाद्र २०७७, मंगलवार १७:०५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।