Logo

अर्थ

ग्लोबल आइएमई बैंकको कल सेन्टर सुरु



ग्लोबल आइएमई बैंकले ग्लोबल कनेक्ट नामक कल सेन्टर सेवा सुचारु गरेको छ। ग्राहकका विभिन्न जिज्ञासाहरूको समाधान, गुनासो, सूचना तथा सुझाबका लागि सहजता प्रदान गर्न बैंकले कल सेन्टर सुचारु गरेको हो ।
बढ्दो डिजिटल प्रविधिको विकास र व्यस्त जीवनशैलीसँगै ग्राहकहरूको बैंकिङ आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले कल सेन्टर सुरु गरेको बैंकले जनाएको छ।
बैंकका अनुसार सुरुवाती चरणमा बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म फोन गरी ग्राहकले आफ्ना जिज्ञासाहरूको समाधान, गुनासो, सूचना तथा सुझाबका लागि सम्पर्क गर्न सक्ने छन्।
प्रविधिको साथमा नरहि ग्राहकको माग र आवश्यकता पूरा गर्न नसकिने निष्कर्षसहित यो सेवा सुरु गरिएको बैंकले जनाएको छ । ग्लोबल कनेक्टको सुरुवातले आफ्ना सेवाग्राहीलाई थप टेवा पुग्ने विश्वास लिएको बैंकले जनाएको छ ।
ग्राहकको बैंकप्रतिको जिज्ञासा र आवश्यक सेवाप्रतिको जानकारी प्रदान गर्न कल सेन्टरका कर्मचारी तयार रहेको बैंकको दाबी छ ।

ग्लोबल कनेक्टको सहयोगले ग्राहकले थप सुविधा प्राप्त गर्ने विश्वास लिएको बैंकले जनाएको छ । कोभिड–१९ का कारण कायम गर्नुपर्ने सामाजिक दूरी कायम गर्न पनि ग्लोबल कनेक्टले सहयोग पुग्ने बैंकको दाबी छ ।

बैंकले ७१ जिल्लामा फैलिएका शाखा सञ्जालसहित २ सय ३४ एटिएम, ४१ एक्सटेन्सन काउन्टर तथा राजस्व संकलन काउन्टर, २ सय १८ शाखारहित बैंकिङ सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि–सम्पर्क कार्यालयमार्फत सेवा दिइरहेको जनाएको छ ।

प्रकाशित मिति : ३ भाद्र २०७७, बुधबार ११:२५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।