निषेधाज्ञाको पहिलो दिन (विहीबार) उपत्यकामा बैंकका कुनै पनि शाखा नखुल्ले भएका छन्। बैंकका कर्मचारीलाई दुःख दिएको भन्दै नेपाल बैंकर्स संघले बिहीबार काठमाण्डौ उपत्यकाका कुनै पनि शाखा नखोल्ने निर्णय गरेको हो।
बैंकर्स संघका अध्यक्ष भुवन दाहालले सरकारले न्यूनतम कर्मचारीको उपस्थितिमा न्यूनतम शाखा खोल्न अनुमति दिए पनि बैंक जान हिँडेका बैंकका कार्मचारीलाई बाटोमा रोकेको र अनावश्यक झन्झट दिएको भन्दै आज बैंकका शाखा नखोल्ने निर्णय गरेको बताए । उनले भने,—‘बढीमा दश प्रतिशत कर्मचारी गएर हेड अफिस र सीमित शाखा खोल्नको लागि हिजो सहमति भएको थियो, तर आज हाम्रा कर्मचारीलाई बाटोमा अपमान भएको छ, प्रहरीले दुःख दिएको छ, कतै त केहीबेर पक्राउ गरेर छाडेको भन्ने खबर आएको छ, यो अत्यन्तै दुःखद विषय हो, त्यसैले आज उपत्यकाका कुनै पनि बैंक नखोल्ने निर्णय गरेका छौं ।’
दाहालले यस्तो बेलामा आफुहरुलाई पनि बैंक खोल्न रहर नभएको भन्दै आक्रोस देखाएका छन्। ‘यस्तो बेलामा बैंक खोल्न हामीलाई रहर होइन, सरकारले अत्यावश्यक सेवाभित्र राखेकाले गर्दा सरकारकै सहमतिमा खोल्न लागेको तर बाटोमै कर्मचारीलाई दुःख दिएपछि बैंक खोल्न सक्ने अवस्था रहेन,’ उनले भने ।
सबै वाणिज्य बैंकका सबै मुख्य कार्यालय काठमाडौँमा रहेकाले आज देशभरको कारोबार प्रभावित भएको दाहालले भने ।





















प्रतिक्रिया