Logo

अर्थ

एनआइसी एसियाका उपत्यकामा यी ४ शाखा खुल्ला, यस्तो छ देशभरको लागि तालिका



सरकारले विश्वव्यापी महामारीको रुप लिएको कोभिड—१९ को संक्रमण रोकथाम तथा नियन्त्रणलाई थप प्रभावकारी बनाउँन ३ गते राती १२ बजेदेखि १० गते सम्मको लागि उपत्यकामा निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा जारी भएपछि बैंक तथा वित्तीय संस्थाहरुलाई पनि सिमित मात्रामा खोल्न निर्देशन दिएको हो । सरकारको निर्देशनलाई पालना गर्दै एनआइसी एसिया बैकले आज (आइतबार) उपत्यकामा पुलचोक, नयाँ वानेश्वर सामाखुसी र सीतापाइलाको गरि ४ शाखा सञ्चालनमा ल्याएको छ । यी चार शाखा सहित बाग्मती प्रदेशमा कर्पोरेट अफि ब्रान्च, स्याफुल मन्थली पाँचखाल र सिन्धुलीका शाखा सञ्चालनमा ल्याएको छ ।

यसैगरि प्रदेश १ मा २८ शाखा कार्यालय र ५ एक्सटेन्सन काउन्टर, प्रदेश २ मा ५ शाखा कार्यालय सहित १ एक्सटेन्सन काउन्टर, गण्डकी प्रदेशमा ३ शाखा कार्यालय सहित ३ एक्सटेन्सन काउन्टर, प्रदेश ५ मा २१ शाखा कार्यालय, ३ एक्सटेन्सन काउन्टर र १ विस्तारित काउन्टर खुल्ला रहने छन् ।

यसरी नै कर्णाली प्रदेशका ६ शाखा कार्यालय खुल्ला रहने छन् ।

बैंकका अनुसार शाखाहरु बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म खुल्ला रहने छन् ।

प्रकाशित मिति : ७ भाद्र २०७७, आईतवार १०:५३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।