Logo

अर्थ

ग्लोबल आइएमई बैंकद्धारा ट्राफिक प्रहरीलाई संकेतिक बोर्ड हस्तान्तरण



ग्लोबल आइएमई बैंक लिमिटेडले ट्राफिक प्रहरीलाई जनचेतना मुलक ट्राफिक संकेत बोर्ड तथा पोलहरु हस्तान्तरण गरेको छ ।
बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर सोही बोर्डहरु हस्तान्तरण गरेको हो ।

जिल्लाको एक कार्यक्रममा बैंकको गाइघाट शाखाका प्रवन्धक रविनराज दाहालले जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी नायव निरीक्षक होमप्रसाद खनाललाई उक्त जनचेतना मुलक ट्राफिक संकेत बोर्ड तथा पोलहरु हस्तान्तरण गरेका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यलय प्रमुख प्रहरी नायव निरीक्षक खनालले बैंकले प्रदान गरेको २० थान ट्राफिक संकेत बोर्ड तथा पोलहरु जिल्ला भरिका आवश्यक स्थानहरुमा राखिने र उक्त संकेत बोर्डले जनचेतना फैलाउने, ट्राफिक नियमको पालना गर्न सहयोग पुर्याउने र ट्राफिक जाम तथा दुर्घटना न्यूनीकरण गर्न सहयोग पुर्याउने बताए ।

प्रकाशित मिति : ७ भाद्र २०७७, आईतवार १४:४८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।