साताको पहिलो दिन सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ ।
आइतबार नेप्से परिसुचक दोहोरो अंकले बढेर १४ सय अंकभन्दा माथि गएको छ । गत साताको अन्तिम दिन बिहिबार कारोबार रकममा ठूलो गिरावट देखिएको परिसुचकमा आज दोहोरो अंकको वृद्धि भएको हो । आज बजार परिसूचकसँगै कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ । आइतबार बजार परिसूचक नेप्से १२.७७ अंकले वृद्धि भएर १४१०.३४ अंकमा बन्द भएको छ । आज बजारमा १ सय ८४ कम्पनीको २४ लाख ९८ हजार ६ सय ६२ कित्ता सेयर किनबेच हुँदा १ अर्ब १० करोड ८० लाख ५४ रुपैयाँको कारोबार भएको छ ।
बजार खुलेसँगै बढ्न सुरु भएको नेप्से ११ बजेर १७ मिनेटपछि केही घट्न सुरु भएर आजको आपनीङ बिन्दुभन्दा तल गएपनि त्यसको एक घण्टा १२ बजेर १८ मिनेट पछि बढ्न सुरु गरेको थियो । त्यसपछि सामान्य उतनरउढाव देखिए पनि अन्तिममा दोहोरो अंकको वृद्धिसहित बन्द भएको छ ।
आइतबार लगानीकर्ता नेको इन्स्योरेन्समा झुम्मिएका छन् । कम्पनीको सेयर आइतबार १४ करोड ६४ लाख ४ हजार रुपैयाँको किनबेच भएको छ । यस्तै शिवम् सिमेन्ट, नेपाल पुनर्बिमा कम्पनी, नेपाल लाईफ इन्स्योरेन्स र प्रभु इन्स्योरेन्स धेरै कारोबार हुने शिर्ष ५ कम्पनीमा रहेका छन् ।





















प्रतिक्रिया