समाज लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) आजै बाँडफाँड हुन सक्ने भएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले भोलि भदौ १३ गते शनिबार बाँडफाँड हुने भनिएको सेयर आज शुक्रबार नै हुन सक्ने जनाएको छ ।
‘निषेधाज्ञाको कारण भोलि शनिबार हिँडडुल गर्न अफ्ठ्यारो हुने भएकाले आजै बाँडफाँड गर्न सकिन्छ कि भनेर नेपाल धितोपत्र बोर्डसँग कुरा भइरहेको छ । हेरौं अब केहि बेरमा थाहाँ हुन्छ ।’‘ सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत धुर्व तिमल्सिनाले भने ।
संस्थाले गत भदौ ४ गतेदेखि भदौ ८ गतेसम्म ८३ हजार कित्ता अर्थात ८३ लाख रुपैयाँ बराबरको सेयर निष्काशन खुल्ला गरेको थियो । जसमध्ये जारी पुँजीको ०.५० प्रतिशत अर्थात एक हजार सेयर कर्मचारीलाई सुरक्षित गरेको छ । त्यस्तै, कूल साधारण सेयर मध्येको ५ प्रतिशत अर्थात ४ हजार ३ सय कित्ता सेयर सामूहिक लगानी कोषको लागि बाँडफाँड भएको र बाँकी रहने ८० हजार ७ सय कित्ता साधारण सेयरहरुको सार्वजनिक निष्काशन गरेको छ ।
जसमा सर्वसाधारणको ५ लाख ६४ हजार एक सय ३८ जना आवेदकबाट एक करोड १९ लाख ८९ हजार ८० कित्ता सेयरको लागि आवेदन परेको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ । जुन संस्थाले सर्वसाधारणमा माग गरेको तुलनामा १४८.५६ गुणा बढी आवेदन परेको थियो ।
उक्त सेयरमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था रहेको थियो ।





















प्रतिक्रिया