नेपाली बजारमा एक सातादेखी लगातार घटिरहेको सुनको मुल्य अघिल्लो दिन बढेको भएपनि आज पुनःघटेको छ ।
आज शुक्रबार छापावाला सुनको मूल्य तोलाको ७ सय रूपैयाँले घटेर प्रतितोला ९६ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै,तेजावी सुनको मुल्य प्रतितोला ९६ हजार ४ सय रूपैयाँ निर्धारण गरिएको छ ।
त्यसैगरी, चाँदीको मूल्य पनि तोलाको ५ रुपैयाँले घटेर प्रतितोला एक हजार ३ सय ४० रूपैयाँ कायम रहेको महासंघले बताएको छ ।
१२ भाद्र २०७७, शुक्रबार ११:२०




















प्रतिक्रिया