काठमाडौं । फाइनान्स कम्पनीहरूको निष्क्रिय कर्जा ३४ प्रतिशतसम्म पुगेको छ । फाइनान्स कम्पनीहरूले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार निष्क्रिय कर्जा (एनपीएल) न्यूनतम तीन दशमलव १२ प्रतिशतदेखि अधिकतम ३४ दशमलव ६४ प्रतिशतसम्म पुगेको छ । सबैभन्दा बढी निष्क्रिय कर्जा जानकी फाइनान्सको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा १७ दशमलव ६० प्रतिशत निष्क्रिय कर्जा रहेकोमा…