Logo

अर्थ

कुलमानको पक्षमा सर्वोच्चको फैसला : बक्यौता उठाउने बाटो खुल्यो



काठमाडौं । डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता उठाउने नेपाल विद्युत् प्राधिकरणको निर्णयविरुद्ध दायर भएको रिट सर्वोच्च अदालतले खारेज गरेको छ ।

नेपाल विद्युत् प्राधिकरण र कुलमान घिसिङलाई विपक्षी बनाइ हिमाल आइरन एण्ड स्टिल प्रालिले दायर गरेको रिट मंगलबार सर्वोच्च अदालतले खारेज गरेको हो ।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र महेश शर्मा पौडेलको संयुक्त इजलासले उक्त रिट खारेज हुने फैसला सुनाएको हो । रिट खारेज भएसंगै नेपाल विद्युत् प्राधिकरणले तोकेको डेडिकेटेड तथा ट्रंक लाइन बक्यौता रकम तिर्नुपर्ने भएको छ ।

प्राधिकरणले गत असोज २४ मा सार्वजनिक गरेको विवरण अनुसार हिमाल स्टिलले नेपालमा लोडसेडिङका बेला डेडिकेटेड र ट्रंक लाइन मार्फत विद्युत् उपभोग गरेको बिल १३ करोड ६५ लाख रुपैयाँ तिर्न बाँकी थियो । अब उसले उक्त रकम बुझाउनु पर्ने छ ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गरेको निर्णय बमोजिम सर्वोच्चले फैसला गरेपछि प्राधिकरणलाई बक्यौता उठाउने बाटो खुलेको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०८१, बुधबार ०७:२७   :  बजे

93
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।