काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले व्यवसायी रूप ज्योतिका नाममा ३५ दिने सार्वजनिक सूचना प्रकाशन गरेको छ। ज्योति ग्रुपअन्तर्गतको एनजिएम इन्जिनियरिङ एन्ड सेल्स प्रालिले बैंकबाट लिएको कर्जा निर्धारित समयमा चुक्ता नगरेपछि बैंकले बिहीबार सार्वजनिक सूचना जारी गरेको हो। बैंकले कर्जा असुलीसम्बन्धी प्रक्रियाअन्तर्गत ज्योतिका नाममा ३५ दिने सूचना प्रकाशन गरेको जनाएको छ। सूचनामा तोकिएको अवधिभित्र बैंकको कर्जा…