Logo

अर्थ

सेयर बजारमा गिरावट, ४ अर्ब १६ करोडमाथिको कारोबार



काठमाडौं । आज साताको अन्तिम कारोबार पनि सेयर बजार घटेको छ । नेप्से परिसूचक १०.६७ अंकले घटेर २,६१८ को विन्दुमा कायम भएको छ ।

आज ७० कम्पनीको सेयर मूल्य बढेको छ भने १९८ कम्पनीको मूल्य बढेको छ ।

आज ४ अर्ब १६ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै रिलायन्स स्पीनिङ मिल्सको सेयर कारोबार भएको छ । यस कम्पनीको २६ करोड ३७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सर्वोत्तम पेन्ट्सका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै धौलागिरी लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । यस लघुवित्तका लगानीकर्ताले ५.२६ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : ५ भाद्र २०८३, शुक्रबार १५:१४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।