काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले देशभरका सबै सडकका खाल्डाखुल्डी एक महिनाभित्रमा पुरिसक्न निर्देशन दिएका छन् । उनले काठमाडौं उपत्यकाका सडकमा रहेका खाल्डाखुल्डी १५ दिनभित्र र उपत्यका बाहिरका सडकका खाल्डाखुल्डी १ महिनाभित्र पुरिसक्न निर्देशन दिएका हुन् । मंगलबार मन्त्रालयमा आयोजित सडक विभागको ब्रिफिङको क्रममा उपप्रधानमन्त्री श्रेष्ठले यस्तो निर्देशन दिएका हुन् ।…