Logo

अर्थ

एक महिनाभित्र सबै सडकका खाल्डाखुल्डी पुरिसक्न भौतिक पूर्वधारमन्त्री श्रेष्ठको निर्देशन



काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले देशभरका सबै सडकका खाल्डाखुल्डी एक महिनाभित्रमा पुरिसक्न निर्देशन दिएका छन् । उनले काठमाडौं उपत्यकाका सडकमा रहेका खाल्डाखुल्डी १५ दिनभित्र र उपत्यका बाहिरका सडकका खाल्डाखुल्डी १ महिनाभित्र पुरिसक्न निर्देशन दिएका हुन् ।

मंगलबार मन्त्रालयमा आयोजित सडक विभागको ब्रिफिङको क्रममा उपप्रधानमन्त्री श्रेष्ठले यस्तो निर्देशन दिएका हुन् । उनले राजनीतिज्ञ र कर्मचारीले सुशासन कायम गर्न आत्माआलोचनासहित शून्य सहनशीलताको नीति अवलम्बन गर्न अपरिहार्य रहेको बताए ।

झण्डै ४ घण्टा लामो ब्रिफिङमा सडक विभाग मातहतको सम्पूर्ण आयोजना र अवस्थितिको जानकारी मन्त्री श्रेष्ठलाई गराइएको थियो । त्यस क्रममा उनले अत्यन्त समस्याग्रस्त आयोजनाको छुट्टै सूची बनाएर कारबाहीको प्रक्रिया अगाडि बढाउन पनि निर्देशन दिएका श्रेष्ठका स्वकीय सचिव विजय गौतमले जानकारी दिए ।

प्रकाशित मिति : १९ पुष २०७९, मंगलवार २०:३८   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।