ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १६औँ वार्षिकोत्सवको उपलक्ष्यमा देशव्यापी रुपमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ। बैंक पुस १८ गते सोमबारदेखि स्थापनाको १६ वर्ष पूरा गरी १७ औँ वर्षमा प्रवेश गरेको छ। यही अवसरमा बैंकले सोमबार नै देशका सातवटै प्रदेशमा एकैसाथ रक्तदान कार्यक्रमको आयोजना गरेको हो। यस कार्यक्रमअन्तर्गत प्रदेश १ को बिर्तामोड शाखा, झापा, मधेश…