रूपन्देही । रूपन्देहीको मर्चवारमा सञ्चालन गरिएको माछापुच्छ्रे बैंकको शाखारहित सेवा केन्द्रमार्फत सर्वसाधारणको ठूलो रकम हिनामिना गरिएपछि नेपाल राष्ट्र बैंकले छानबिन प्रक्रिया अगाडि बढाएको छ। राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका उपनिर्देशक दिपक अधिकारी, राष्ट्र बैंक भैरहवाका उपनिर्देशक जीवनप्रकाश पाण्डे र सहनिर्देशक विवेक बुढाथोकी सम्मिलित टोली सोमबार मर्चवार पुगेको छ। टोलीले सेवा केन्द्रको अवस्था र सो सेवा…