काठमाडौं । नेकपा एमालेकी सांसद शिवमाया तुम्बाहाङफेले बजेट निर्वाचनमुखी भएको टिप्पणी गरेकी छन् । सरकारले जेठ १५ गते दुवै संसद्को संयुक्त बैठकमार्फत ल्याएको बजेटमाथिको संसद्मा जारी सैद्धान्तिक छलफलमा तुम्बाहाम्फेले बजेट हुबहु कार्यान्वयनसमेत हुन नसक्ने बताइन् । ‘बजेट निर्वाचनमुखी छ । हुबहु कार्यान्वयन हुन सक्दैन । नेपालको संविधानले प्रदान गरेका हकअधिकार प्राप्त गर्न लामो बाटो हिँड्नुपर्ने…