काठमाडौं । नेकपा एमालेकी सांसद शिवमाया तुम्बाहाङफेले बजेट निर्वाचनमुखी भएको टिप्पणी गरेकी छन् । सरकारले जेठ १५ गते दुवै संसद्को संयुक्त बैठकमार्फत ल्याएको बजेटमाथिको संसद्मा जारी सैद्धान्तिक छलफलमा तुम्बाहाम्फेले बजेट हुबहु कार्यान्वयनसमेत हुन नसक्ने बताइन् ।
‘बजेट निर्वाचनमुखी छ । हुबहु कार्यान्वयन हुन सक्दैन । नेपालको संविधानले प्रदान गरेका हकअधिकार प्राप्त गर्न लामो बाटो हिँड्नुपर्ने यो बजेटले बताएको छ,’ उनले भनिन्, ‘हामीले संविधानको प्रस्तावनामै लेखेका छौँ, हामी समाजवादउन्मुख छौँ, तर बजेट समाजवादउन्मुख देखिँदैन ।’





















प्रतिक्रिया