मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम अन्तर्गत गरीब तथा विपन्न ४४ घरधुरीलाई आज उन्नत जातको बाख्रा वितरण गरिएको छ । प्रदेशसभाका सदस्य डा कृष्ण न्यौपानेले रुपन्देही क्षेत्र नम्बर १ को रोहिणी गाउँपालिकामा बाख्रा वितरण गरेका छन् । गाउँपालिकाले अतिगरीब तथा विपन्न परिवार छनोट गरेका आधारमा उनीहरुलाई धकधईमा बाख्रावितरण गरेको हो । बाख्रा लिन स्थानीयवासी दाम्लो लिएर बसेका…