Logo

अर्थ

बैंकहरुले पाउने भए ब्रोकर लाईसेन्स



अर्थ समितिले बैंकलाई ब्रोकर लाइसेन्स दिने बाटो खुला गरेको छ । पहिलेदेखि नै बैंकलाई ब्रोकर लाइसेन्स दिने/नदिने भन्ने कुरामा छलफल हुँदै आईरहेको थियो । वोर्डले तोकेको मापदण्ड पुरा गर्ने बाणिज्य बैंकका शाखालाई ब्रोकर लाइसेन्स दिने कुरा आएको छ ।

वाणिज्य बैंकहरुलाई ब्रोकर लाइसेन्स दिने कि नदिने भन्ने लगायत पुँजी बजार र मुद्रा बजार सम्बन्धी अध्ययनका लागि गठित अर्थ समिति अन्तर्गतको उप समितिले मंगलबार आफ्नो प्रतिवेदनमा उक्त कुरा राखेको छ ।

बैंकलाई सहायक कम्पनीमार्फत ब्रोकर लाइसेन्स दिएमा पुँजी बजारको दायरा फराकिलो हुने, दूरदराजका लगानीकर्ताको पनि सहजै पहुँच पुग्ने अपेक्षा रहेको छ । आवश्यक प्रक्रिया पुरा गरेर अब बैंकका शाखाहरुले शेयरकारोबारको लागि अनुमति पाउने छन् ।

प्रकाशित मिति : २३ असार २०७७, मंगलवार १३:३५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।