Logo

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा सबिना मास्के नियुक्त

काठमाडाैं । नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा सबिना मास्के नियुक्त भएकी छन्। नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आज (बुधबार)को (माननीय मन्त्रीस्तर) निर्णय बमोजिम च.नं. संस्थान/३१७८ को नियुक्ति पत्रबाट मास्केलाई कम्पनीको निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी तोकिएको छ। यसअघि उनी  कम्पनीको नायव प्रबन्ध निर्देशकको रूपमा प्रमुख प्राविधिक अधिकृतको कार्यभार सम्हाल्दै आएकी थिइन् ।