काठमाडौं । ट्रेड टावर लिमिटेडको आइपीओ बाँडफाँडको मिति तय भएको छ । बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलकाअनुसार आइपीओ आगामी आइतबार अर्थात असार १ गते बाँडफाँड हुने भएको हो ।
यो आइपीओ मागभन्दा धेरै आवेदन परेकाले गोलाप्रथामार्फत बाँडफाँड गरिने भएको छ । कम्पनीले जारी गरेको ३२ लाख ९६ हजार ५०५ कित्ता सेयरका लागि २१ लाख ६९ हजार ८९१ जना लगानीकर्ताले आवेदन दिएका छन् । जुन मागभन्दा ७.८२ गुणा बढी आवेदन हो ।
यस बाँडफाँटमा जम्मा ३ लाख २९ हजार ६५० जनाले मात्र सेयर हात पार्नेछन् भने बाँकी १८ लाख ४० हजार २४१ जनाको हात खाली हुनेछ ।




















प्रतिक्रिया