सिन्धुली । एभरेष्ट बैंक लिमिटेडले आफ्नो शाखा विस्तार गर्दै बागमती प्रदेश, सिन्धुली जिल्लाको कमलामाई नगरपालिका वडा नं. ६ मा आफ्नो १३२औँ शाखा सञ्चालनमा ल्याएको छ। यो नयाँ शाखासँगै बागमती प्रदेशमा एभरेष्ट बैंकको शाखा संख्या ४७ पुगेको छ। बैंकले यस शाखाको स्थापनाले सिन्धुलीका बासिन्दाहरूलाई आधुनिक, सरल र सहज बैंकिङ सेवा प्राप्त हुने विश्वास व्यक्त गरेको छ।…