काठमाडौं । गृह मन्त्रालयले ऋण असुलीका क्रममा ऋणीमाथि दुर्व्यवहार तथा बल प्रयोग गरेको पाइए कारबाही प्रक्रिया अघि बढाउन सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ। मन्त्रालयले भदौ १८ गते सबै जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाउँदै दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं महाअभियान’सँग सरकारले गरेको सहमतिको बुँदा नम्बर ८ कार्यान्वयन गर्न निर्देशन…