काठमाडौं । सूचना प्रविधिमा आधारित वित्तीय सेवा प्रदायक फिनटेक कम्पनी एफवान सफ्ट ग्रुपले प्रधानमन्त्री विपद राहत कोषमा १ करोड ३५ लाख रूपैयाँ आर्थिक सहयोग गरेको छ । विद्युतीय भुक्तानी लगायतको वित्तीय सेवा प्रवाह गर्ने इसेवा, फोन पे सञ्चालन गरिरहेको यो कम्पनीले बिहीबार अर्थमन्त्री स्वर्णिम वाग्लेमार्फत् कोषमा सहयोग रकम हस्तान्तरण गरेको हो । इसेवाका अध्यक्ष परशुराम…