Logo

अर्थ

एफवान सफ्ट ग्रुपले प्रधानमन्त्री विपद राहत कोषमा गर्‍यो १ करोड ३५ लाख सहयोग



काठमाडौं । सूचना प्रविधिमा आधारित वित्तीय सेवा प्रदायक फिनटेक कम्पनी एफवान सफ्ट ग्रुपले प्रधानमन्त्री विपद राहत कोषमा १ करोड ३५ लाख रूपैयाँ आर्थिक सहयोग गरेको छ ।

विद्युतीय भुक्तानी लगायतको वित्तीय सेवा प्रवाह गर्ने इसेवा, फोन पे सञ्चालन गरिरहेको यो कम्पनीले बिहीबार अर्थमन्त्री स्वर्णिम वाग्लेमार्फत् कोषमा सहयोग रकम हस्तान्तरण गरेको हो ।

इसेवाका अध्यक्ष परशुराम कुँवर खत्रीले ग्रुपको तर्फबाट भएको यो सानो योगदानले संकटमा परेका नागरिकहरूको उद्धार, राहत र पुनर्स्थापनामा थोरै भए पनि मद्दत पुग्नेछ भन्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : १९ भाद्र २०८३, शुक्रबार १३:३७   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।