खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको पोखरीस्थित सरस्वती आधारभुत विद्यालयको बाल कक्षा कोठामा भित्ते चित्र लेखन गरिएको छ । विद्यालयका पूर्वविद्यार्थी हरि राईको संयोजनमा क्लब हाउसको द स्पिकर क्लव अन्तरगत न्यूजगफकोतर्फबाट बाल कक्षा कोठाको भित्तामा चित्र लेखन गरिएको हो । बाल कक्षा कोठाको भित्तामा सरस्वती, कृष्ण, नेपालको राष्ट्रिय झण्डा, सगरमाथा, रुख सर्प, पुतली लगायतका…