सल्यान । सल्यानको दार्मा गाउँपालिका–५ का वडा अध्यक्ष सुदीप केसी २० वर्षपछि पुनः अध्ययनमा फर्किएर माध्यमिक शिक्षा परीक्षा (एसइई)मा सहभागी हुनुभएको छ। ४० वर्षको उमेरमा उहाँले दार्माकोटस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट यस वर्षको एसइई दिनुभएको हो। २०६२ सालमा कक्षा १० सम्म अध्ययन गर्नुभएका केसीले पारिवारिक समस्या र जिम्मेवारीका कारण पढाइ बिचमै छोड्नुपरेको थियो।…