नायक दयाहाङ राई र नायिका मिरुना मगर स्टारर फिल्म ‘जारी’ले आगामी वैशाख १ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै आधिकारिक पोस्टर सार्वजनिक गरेको छ । ‘कबड्डी ४’पछि मुख्य भूमिकामा दयाहाङ र मिरुनाले पुनरागमन गर्न लागेका हुन् । ‘कबड्डी’ सिरिज निर्माण कम्पनी बाँसुरी फिल्म्सकै ब्यानरमा निर्माण भएको ‘जारी’लाई उपेन्द्र सुब्बाले लेखन तथा निर्देशन गरेका हुन् । यो…