Logo

गायिका एलिना चौहानले गरिन् विष्णुसँग विवाह

काठमाडौं । गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छन् । उनले बुधबार बागलुङ निवासी प्रेमी विष्णु सापकोटासँग परम्परागत विधिबाट लगनगाँठो कसेकी हुन् । एलिना र विष्णुको विवाह समारोह झापाको बिर्तामोडस्थित बिर्ता पार्टी प्यालेसमा भएको हो । विवाह समारोहमा दुबै तर्फका साथीभाइ, आफन्त सहभागी छन् ।