काठमाडौं । नेपालको लोकप्रिय सौन्दर्य प्रतियोगिता मिस नेशनल नेपाल २०२४ को काठमाडौँ अडिसन राजधानीमा सम्पन्न भएको छ । ज्ञानेश्वरको एटिकमा मंगलबार सम्पन्न भएको अडिसनमा चार दर्जन प्रतियोगीहरुले सहभागीता जनाएका थिए । आयोजक सनुर्वीद्वारा जारी विज्ञप्तिमा देशका विभिन्न स्थानबाट छनोट भएका प्रतियोगीहरुले नेपालको प्रतिनिधित्व गर्दै पोल्याण्ड, अल्बानिया, इजिप्ट र थाइल्याण्डमा सहभागिता जनाउने बताइएको छ । साथै,…