दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा ११ बर्षीय बालकको मृत्यु भएको बिषयमा मृतकका परिवार र अस्पताल प्रशासनबीच सहमति भएकाे छ । उक्त सहमित पछि अस्पतालकाे नियमित सेवा सुचारु भएको छ । शुक्रबार राति अस्पताल प्रशासनसँगको वार्तामा सहमति जुटेपछि मृतक बालकको परिवारले आन्दोलन फिर्ता लिए । शनिबारदेखि अस्पतालको आकस्मिकसहित सेवा सञ्चालन भएको छ ।…