Logo

प्रमुख समाचार

कोभिड महामारीमा काजमा पठाएका कर्मचारीलाई स्वास्थ्य मन्त्रालयले बोलायो फिर्ता



काठमाडौं । कोभिड महामारीमा काजमा स्थानीय तह तथा प्रदेश तहमा खटाएका कर्मचारीलाई स्वास्थ्य तथा जनसंङ्ख्या मन्त्रालयले फिर्ता बोलाएको छ ।

आज सूचना जारी गर्दै मन्त्तालयले कोभिडको महामारीको अवस्था अहिले नरहेकाले काजमा रहेका कर्मचारीलाई फिर्ता बोलाएको जनाएको छ । त्यस्तै स्थानीय तह तथा प्रदेश तहमा स्वास्थ्य क्षेत्रमा खाली रहेका कोटामा लोक सेवा आयोगबाट पदपूर्तिको माग भएकाले काजमा रहेका कर्मचारीलाई फिर्ता बोलाइएको मन्त्रालयले जनाएको छ ।

कोभिड महामारीमा स्वास्थ्य मन्त्रालयले विभिन्न स्थानमा भएका कर्मचारीलाई आवश्यक रहेका ठाउँमा काजमा पठाएको थियो ।

No description available.

प्रकाशित मिति : २५ असार २०८०, सोमबार १७:२७   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।