लमजुङ । जिल्ला अस्पताल लमजुङबाट स्थापना भएको ४६ वर्षपछि डायलसिस सेवा सुरु गरीएको छ । दुवै मिर्गौला फेल भएर डायलसिस गर्दै आएका बिरामीले बेंसीसहरस्थित जिल्ला अस्पतालबाट सेवा पाउन थालेका छन् । अस्पतालले केही दिन अघिबाट मिर्गौलाको डायलसिस सेवा सुरु गरेको छ । २०३२ सालमा १५ शय्याको जिल्ला अस्पतालका रूपमा स्थापना भएको यो अस्पताल २०५८ मा समुदायलाई हस्तान्तरणपछि…