Logo

प्रमुख समाचार

डेंगु नियन्त्रणमा प्रभावकारी कदम चाल्न मानवअधिकार आयोगको आग्रह



काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले सरकारलाई डेंगु नियन्त्रणमा प्रभावकारी कदम चाल्न आग्रह गरेको छ । डेंगुको संक्रमणण बढ्दै गएको अवस्थामा नियन्त्रणमा प्रभावकारी कदम चाल्न सङ्घ, प्रदेश र स्थानीय तहलाई आग्रह गरेको हो ।

कोरोना महामारी कायमै रहेको अवस्थामा हाल देशव्यापीरुपमा फैलिँदै गइरहेको डेंगु रोगका कारण नागरिकको स्वास्थ्यमा पर्न गएको जोखिमको अवस्थाप्रति आयोगले ध्यानाकर्षण भएको समेत आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले मंगलबार विज्ञप्तिमा उल्लेख छ ।

‘बिरामीको सङ्ख्या दिनप्रतिदिन बढिरहेको अवस्थामा यसको नियन्त्रण तथा रोकथामका लागि सम्बन्धित निकायको यथेष्ठ ध्यान पुग्न नसक्दा नागरिकको जीवन नै जोखिममा पर्न गएको र तीन तहका सरकारबीच प्रभावकारी समन्वय हुन नसकेको जस्ता विषय विभिन्न सञ्चारमाध्यमका साथै अन्य विभिन्न माध्यमबाट आयोगलाई जानकारी प्राप्त भएका छन्’, आयोगले भनेको छ ।

डेंगु संक्रमणणबाट नेपालमा यही भदौ महिनामा एक जनाको ज्यान जानुका साथै पछिल्लो समय पाँच हजार बढी व्यक्ति बिरामी परेको पाइएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २१ भाद्र २०७९, मंगलवार १९:२४   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।