Logo

समाचार

पछिल्लो २४ घण्टामा २३० कोरोना संक्रमित थपिए, दुई जनाको मृत्यु



काठमडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । सो समयावधिमा २३० जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३८३६ जनामा गरिएको नमूना परीक्षणमा २३० जना संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टाकै अवधिमा ७८ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

मन्त्रालयका अनुसार २४ घण्टामा १६५२०६ जनाले कोभिड विरुद्धको खोप लगाएका छन् भने अहिले देशभर २५०५ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार १७:५१   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।