विगत एक साताको तथ्याङ्कले नेपालमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमित हुने व्यक्तिको सङ्ख्या थपिने क्रम बढेको देखाउँछ । कोभिडबाट निको हुने व्यक्तिको सङ्ख्याभन्दा दैनिक नयाँ सङ्क्रमित थपिनेको सङ्ख्या झन्डै दोबरले बढिरहेको पाइएको छ । नयाँ सङ्क्रमित थपिने क्रमसँगै कुल सक्रिय सङ्क्रमितको सङ्ख्या पनि उकालो लागिरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कले देखाउँछ । जेठ ३१ गते १२ जना…