काठमाडौं । नेपालमा एक युवकलाई मंकीपक्स भाइरसको संक्रमण भएको आशंका गरिएको छ । मंकीपक्स भाइरस संक्रमणको आशंकामा एक युवकलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा निगरानीमा राखिएको हो । दुवईबाट आएका ती युवकमा मंकीपक्स भाइरसको संक्रमणसँग मिल्दो लक्षण देखिएपछि निगरानीमा राखिएको टेकु अस्पतालले जनाएको छ । आज दुबईबाट आएका २७ वर्षीय ती युवामा लगातार एकसय…