Logo

दुई वर्षपछि सुबीले संसार देख्दा

गोरखा । गोरखाको अजिरकोट–१ घ्याच्चोककी ७४ वर्षीया सुबी गुरुङले दुई वर्षपछि पुनः संसार देख्न सफल भएकी छन्। लामो समयदेखि मोतियाबिन्दुका कारण आँखाको ज्योति गुमाएकी उनलाई छोरा कान्छा गुरुङले बोकेर अस्पतालसम्म पुर्‍याएका थिए। शल्यक्रियापछि आँखाको पट्टी खोलिएसँगै सुबीको अनुहारमा खुसीको सीमा रहेन। स्वास्थ्यकर्मीले आँखा सफा गरेर चस्मा लगाइदिएपछि उनले मान्छे चिन्न थालेकी छन्। आफूलाई संसार देखाइदिने चिकित्सकलाई…