काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा दुई हजार ५२५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । ६ हजार ६५५ पीसीआर परीक्षण गर्दा एक हजार ६०२ जनामा र चार हजार ४१८ एन्टिजेन परीक्षण गर्दा ९२४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ५६ हजार ४५७ रहेको छ…