झापा । बिएण्डसी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले अस्पताललाई मिडियाले हदैसम्म खेदो गरेको गुनासो गरेका छन् । पत्रकारहरुसँगको संक्षिप्त भेटघाटमा प्रसाईले मिडियाले अस्पतालको खेदो खनेको बताएका हुन् ।
अस्पतालले विभिन्न शिर्षकमा अनावश्यक शुल्क लिएको भन्दै गलत प्रचार गरिएको प्रसाईको भनाई छ । उनले पत्रकारहरुले समाचारका नाममा बार्गेनिङ गर्ने गरेको समेत खुलाए । सबै थर्काउन खोजेकोले केहि चाहिएको भए सिधा सम्पर्क गर्नु समेत पत्रकारलाई आग्रह गरेका छन् । उनले अस्पतालको नाममा गलत प्रचार गरेर स्वास्थ्य क्षेत्रको बद्नाम नगर्न पनि आग्रह गरेका छन् ।
बिएण्डसी अस्पताल बन्द गराएर सिलिगुडीका अस्पतालमा विरामी पठाउने समपना नदेख्न प्रसाईको आग्रह छ । प्रसाईले बिएण्सी अस्पतालले गरेका राम्रा काममा कसैको आँखा नपुगेको आरोप लगाए । उनले अस्पतालको समाचार लेख्दा कम्तिमा अस्पताल प्रशासनलाई पनि बुझिदिनु आग्रह गरेका छन् ।
अस्पतालमा भर्ना हुन आउने हरेक बिरामीका लागि कोरोना परीक्षण अनिवार्य गरीएको अस्पतालले एन्टिजेन र पीसीआर दुवै विधिबाट परीक्षण गर्ने गरेको र ती दुवै परीक्षणमा सरकारले तोकेको भन्दा बढी रकम लिने गरेको भन्ने कुरा भ्रामक भएको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले बताए । सरकारले तोकेको एकहजार रुपैयाँ भन्दा बढि शुल्क नलिएको उनको दावी छ ।




















प्रतिक्रिया