सरकारी कार्यालयहरू, सार्वजनिक स्थल र भिडभाड हुने ठाउँमा कोभिड–१९ विरुद्ध खोप लगाएको प्रणाण देखाउन खोप कार्ड अनिवार्य गरिएसँगै त्यसबारे धेरैमा चासो र चिन्ता व्यक्त भएको पाइएको छ । कतिपयले खोप कार्ड हराएको तथा केहीले खोप लगाए पनि कार्ड नपाएको अवस्था रहेकाले उनीहरूमा चिन्ता उत्पन्न भएको विवरणहरू पनि आएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अधिकारीहरूले…