पर्सा । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले हैजाका बिरामीको उपचारमा सरकारले कुनैपनि प्रकारको अभाव हुन नदिने गरी काम गरिरहेको बताएका छन् । सोमबार हैजा प्रभावित क्षेत्र वीरगञ्ज आएका मन्त्री पौडेलले यस्तो बताएका हुन् । उनले बिरामीको उपचारमा कुनै पनि प्रकारको अभाव र समस्या हुन नदिने गरी सरकारले प्रयत्न गरिरहेको बताउँदै भने, ‘यो महामारीको समयमा सबै पक्षले…