Logo

कोरोना संक्रमणबाट हालसम्मकै धेरैको मृत्यु

कोरोना भाइरस (कोभिड–१९) का कारण नेपालमा पछिल्लो २४ घण्टामा हालसम्मकै धेरैको मृत्यु भएको छ । आज थप ५५ जनाको कोरोना संक्रमितको मृत्यु भएको हो । थप ५५ जनाको मृत्यु भएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३ हजार ४१७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।