Logo

नेपालमा सक्रिय संक्रमित ७८ हजार ६ सय नाघे

नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ७८ हजार ६ सय नाघेको छ । पछिल्लो केही दिन यता निको हुने भन्दा नयाँ संक्रमित थपिनेको संख्या बढेको छ । यससँगै सक्रिय संक्रमितको संख्या ७८ हजार ६२९ पुगेको छ । विहीबारसम्म सक्रिय संक्रमितको संख्या ७२ हजार ५६१ थियो ।