एउटा निर्णयले साँढे दुई लाखलाई बेरोजगार बनाएको छ । त्यसै पनि तलब नपाइरहेका र कतै-कतै आधा मात्र पाइरहेका उनीहरु आजबाट बेरोजगार भएका छन् । उनीहरु हुन् निजी विद्यालयमा काम गर्दै आएका शिक्षक र कर्मचारी । हिजो अचानक विज्ञप्ति निकालेर निजी विद्यालयहरुको छाता संगठन प्याब्सन र एनप्याब्सनले पठनपाठनको सबै काम स्थगित गर्ने निर्णय गरेका थिए ।…